Rule 53
अनौपचारिक शिक्षा परिषद्
(१) अनौपचारिक शिक्षाको नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापनको लागि देहायका सदस्यहरु रहेको एक राष्ट्रिय अनौपचारिक शिक्षा परिषद् रहनेछः–
(क) शिक्षा मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने) – सदस्य
(ग) ………..
(घ) मन्त्रालयको सचिव – सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय – सदस्य
(च) सचिव,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ज) सचिव, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय – सदस्य
(झ) सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – सदस्य
(ञ) विश्वविद्यालयका शिक्षा संकायका डीनहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(ट) सहसचिव, मन्त्रालय (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) – सदस्य
(ठ) महानिर्देशक, शिक्षा विभाग – सदस्य
(ड) सदस्य–सचिव, समाज कल्याण परिषद् – सदस्य
(ढ) अध्यक्ष, जिल्ला विकास समिति महासंघ – सदस्य
(ण) अध्यक्ष, नगरपालिका महासंघ – सदस्य
(त) अध्यक्ष, गाउँ विकास समिति महासंघ – सदस्य
(थ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाका अध्यक्षहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(द) प्रतिनिधि, शिक्षक युनियन, केन्द्रीय समिति – सदस्य
(ध) निर्देशक, अनौपचारिक शिक्षा केन्द्र – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) अनौपचारिक शिक्षा परिषद्को अन्य काम, कर्तव्य र अधिकार मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(४) अनौपचारिक शिक्षा परिषद्को सचिवालय अनौपचारिक शिक्षा केन्द्रमा रहनेछ ।
(५) अनौपचारिक शिक्षा परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।